विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र भारतीय युवा उद्यमी सिलिगुडी भारतबीच दुई देशको व्यापार विस्तार र प्रवद्र्धनकालागि मैत्रीपूणर् भेट तथा अन्तक्रिया सम्पन्न भएको छ ।
झापाको विर्तामोडस्थित एक होटलमा शनिबार भएको कार्यक्रम मुलतः नेपाल-भारतको व्यापार प्रवद्र्धन र नेपाली वस्तुको बिक्रिकालागि कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको कार्यक्रम संयोजक उकेश अग्रवालले बताउनुभयो । युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका उपाध्यक्ष शुभम् भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय युवा उद्यमीका अध्यक्ष लेखराम नोलिवालालगायत दुई देशका ६० जना उद्यमीहरुको सहभागिता थियो । दुई संस्थाबीच दुई देशको व्यापार विस्तारकालागि आगामी दिनमा पनि यसखालका कार्यक्रमहरु गर्दै जाने सम्झौता पनि भएको कार्यक्रम संयोजक अग्रवालले जानकारी दिनुभयो ।