काठमाडाैंबाट बाहिरिनेलाई बस छुट्ने पाँचस्थानमा आजबाट खोप दिन सुरू

काठमाडाैंबाट बाहिरिनेलाई बस छुट्ने पाँचस्थानमा आजबाट खोप दिन सुरू

गोरखापत्र अनलाइन
काठमाडौं । तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे ।

त्यसका लागि काठमाडाैंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने अधिकारीले बताउनुभयो । परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज खोप दिइनेछ । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्