कन्काईमा एक व्यक्ति मृत फेला

<span class='c1'>कन्काईमा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्