कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहीको दाबी, आजै सपथ हुने

<span class='c1'>कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहीको</span> <span class='c2'>दाबी, आजै सपथ हुने</span>

मुना हमाल/गाेरखापत्र
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी परेको छ । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिए पछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ साढे ७ बजेसम्म आव्हान गर्नुभएको थियो । मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा( एकिकृत समाजबादी ) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।

यसैबीच मुख्यमन्त्री दाबी पेश गर्नु भएका जीवनबहादुर शाहीको शपथ ग्रहण मंगलबार राति ८.३० बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

फाेटाे:प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीलाई शाहीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्