सञ्चार क्षेत्रको विकासमा ध्यान दिने मन्त्री कार्कीको प्रतिवद्धता

सञ्चार क्षेत्रको विकासमा ध्यान दिने मन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । प्रदेश १ का नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सञ्चार क्षेत्रको विकासका लागि आफ्नो कार्यकाललाई भरपुर उपयोग गर्ने बताउनु भएको छ । विभागिय मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालय पुगेका पत्रकारसँग अनौपचारिक कुराकानीका क्रममा यस्तो बताइएको हो ।

मन्त्री कार्कीले पत्रकारसँग सम्बन्धित निर्णयहरुमा पत्रकार महासंघलाई सहभागिता गराएर मात्रै गरिने दावी गर्नुभयो । उहाँले पत्रकारले अपनत्व लिनसक्ने गरि निर्णय तथा कार्यक्रमहरु बनाउने आश्वासन दिनु भएको थियो ।

त्यस क्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, मोरङ शाखाका अध्यक्ष संजीव खनालले संस्थागत रुपमा मन्त्री कार्कीलाई खादा ओढाएर बधाई ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्