तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

<span class='c1'>तनहुँमा नौ लाखसहित</span> <span class='c2'>२९ जना पक्राउ</span>

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो ।

ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।

यसतै शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्