जर्मन नागरिकहरुको सहयोगमा दोलखाको चिलङखामा अस्पताल निर्माण हुने

<span class='c1'>जर्मन नागरिकहरुको सहयोगमा दोलखाको</span> <span class='c2'>चिलङखामा अस्पताल निर्माण हुने</span>

बाबुराम शर्मा/गाेरखापत्र
चरीकोट । दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो ।

अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुने जानकारी दिँदै केन्द्रका अध्यक्ष प्रवीण खड्काले भँनुभयो, “अस्पताल सञ्चालनका लागि २१ कोठे भवन निर्माण हुनेछ । यसको डिजाइन जर्मन इन्जिनियरको टोलीले गर्नेभएको छ । करिब तीन करोड ८७ लाख रुपियाँ लागतमा भवन निर्माण हुनेछ ।”

चिलङ्खावासी छिरिङ शेर्पासँग बिवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काके कथन छ ।

अस्पताल सञ्चालनका लागि करिब साढे छ रोपनी जग्गा संंस्थाको स्वामित्वमा पास भइसकेको छ । उहाँले भन्नुभयो, “दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ । आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिनुभएको छ । बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन भएको रकमबाट खरिद गरिएको हो ।” अस्पताल निर्माणछि गाउँपालिकाको वडा ५, ६, ७, र ८ का नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

अस्पताल भवनको जिल्ला शिलान्यास भइसकेकाले समन्वय समितिका प्रमुख डबल पाण्डेले स्थानीय जनताका लागि अस्पताल खुसी र ठूलो उपलब्धीको विषय भएकाले अस्पताल निर्माण र व्यवस्थापनमा सरकारको पनि सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्