गृहमन्त्री खाँणद्वारा डडेल्धुराको बाढी प्रभावित क्षेत्रको निरीक्षण

<span class='c1'>गृहमन्त्री खाँणद्वारा डडेल्धुराको बाढी</span> <span class='c2'>प्रभावित क्षेत्रको निरीक्षण</span>

हिक्मत सिंह/गाेरखापत्र
डडेल्धुरा । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार परेको वर्षाका कारण सो क्षेत्रमा भएको बाढीपहिराको क्षतिबारे जानकारी लिन गृहमन्त्री खाँण डडेल्धुरा पुग्नुभएको हो । बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै गृहमन्त्री खाँणले सुदुपश्चिममा देशकै सबैभन्दा ठूलो वर्षा भएको बताउँदै बाढीको क्षति एकिन भएपछि आवश्यक क्षतिपुर्तीका लागी सरकारले राहतका प्याकेज ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको हामीलाई आदेश छ, गृह मन्त्रालयले बाढी पीडितहरुको राहत प्याकेज सक्दो चाँडो पीडितसामु पु¥याउने छ ।’ नेपाललाई पहिरोबाट बचाउन मूख्य समस्या रहेकाले सरकार दीर्घकालिन योजना निर्माणका रणनीतिक योजना तयार गरिरहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

गृहमन्त्री खाँणसहितको टोलीले गन्यापधुरा गाउँपालिका – १ प्रतोला र गन्यापधुरा –३ को सकायल क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । गृहमन्त्री खाँणकाअनुसार भत्केका सडक, पुल, घर पुनस्र्थापनामा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

गृहमन्त्रीसहितको सो टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सुदुपश्चिम प्रदेशसभा सांसद गोविन्द बोहरा, गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्ल, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत सहभागी रहनुभएको थियो । सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्