शिक्षामन्त्री पौडेल र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

<span class='c1'>शिक्षामन्त्री पौडेल र</span> <span class='c2'>अष्ट्रेलियन राजदूतबीच भेटवार्ता</span>

गोरखापत्र अनलाइन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासमा गर्ने सहयोगबारे छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्वीपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदैआएको बताउँदै अष्ट्रेलिया सरकारलाई शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभयो । ‘अष्ट्रेलिया सरकारबाट विद्यालयक्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदैआएको थियो, उहाँले भन्नुभयो, ‘कार्यक्रम निरन्तरताको अभाव महसुस भएको छ । हामी १० वर्षे शिक्षा क्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौं, अष्ट्रेलियन सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु ।’

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो । नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीकाबेला रेडियो कार्यक्रम लगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राजदूत फेलिसिटीले सन्. २०२३ सम्म नेपाललाई एक मिलियन अमेरिकी डलर सहयोग गर्ने पनि जानकारी दिनुभयो । नेपाली विद्यार्थीले कोभ्याक्स र एक्स्ट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्न नपर्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो । भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, सचिव रामप्रसाद थपलियालगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्