बीस महिनापछि विराटनगरका पत्रकारसँग गच्छदार, भावुक हुँदै भने राज्यको जन्जिर तोडें

<span class='c1'>बीस महिनापछि विराटनगरका पत्रकारसँग गच्छदार, भावुक</span> <span class='c2'>हुँदै भने राज्यको जन्जिर तोडें</span>

विराटनगर । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आसन्न महाधिवेशनमा आफूले उपसभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । झण्डै बीस महिनापछि विराटनगरका पत्रकारसँग आफ्ना धारणा राख्दै उपसभापति गच्छदारले राज्यले कठोर समयको सामना गर्न बाध्य बनाएकोले टाडिनु परेको गुनासो गरेका छन् ।

उनी राज्यले पूर्वाग्रह साँधेर आफ्ना लागि कठोर समयको सिर्जना गरिदिएको भन्दै भावुक बनेका थिए । विराटनगरका पत्रकारसँग खुलेर कुरा गर्ने उपभापति गच्छदारले राज्यको जन्जिर तोडेर पुनः सक्रिय राजनीतिमा फर्केको घोषणा समेत गरेका छन् ।
मूलुक पुनः गम्भीर संकटमा फस्दै गएको बेला नेपाली काँग्रेसलाई संस्थागत गर्न आफ्नो उमेदवारी रहने उनको दावी छ । राज्यले गम्भीर जन्जिरमा फसाएको थियो, त्यसलाई तोडेर देशैभरी पार्टी संस्थागत गर्ने अभियानमा लागेको छु, गच्छदारले भने–आगामी महाधिवेशनमा नेतृत्वको पुस्तान्तरण हुनसक्दैन ।

गच्छदारले अनुभव भएका नेताहरुको अझै देशलाई खाँचो रहेको बताएका छन् । दोस्रो पुस्ताले सभापतिको दाबी गर्न पाउनुहुन्छ, जित्न सक्नु भए नेतृत्व हस्तान्तरण भएको मानौंला नत्र अझै देशलाई पहिलो पुस्ताका नेताहरुको नेतृत्व आवश्यक छ, उनले भने ।
न्यायालयमा उत्पन्न परिस्थितिको मूल कारण बलियो भनिएको अघिल्ला केप ीओलीे सरकार रहेको आरोप गच्छदारको छ । शक्ति पृथकीकरणको सिद्धान्त विपरित संवैधानिक अंगहरुमा हस्तक्षेप र दखल पु¥याउने कार्य अघिल्लो सरकारले गरेका कारण त्यसको नकारात्मक प्रभाव सर्वोच्च अदालतमा देखिएको उपसभापति गच्छदारको भनाई थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाउँदै वहालवाला न्यायाधीश र कानुन व्यवसायीको गतिविधि दुखलाग्दो छ, उपसभापति गच्छदारले भने–सरकारले शक्ति पृथकीकरण सिद्धान्तको मान्यता तोड्नु गलत थियो । सवैंधानिक नियुक्तिहरुमा राजनीतिक त्रुटी गरेका कारण आजको स्थिति आईरहेको छ ।

अर्को एक प्रसङ्गमा संविधान संशोधन गरेर आम नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारको सुनिश्चित गरिनुपर्ने धारणा पत्रकार सम्मेलनमा राखेका छन् । संविधानलाई सर्वमान्य बनाउनका लागि आम नागरिकका अधिकारलाई संस्थागत गर्नुपर्ने दायित्व सरकार र राजनीतिक दलको भएकोले समयमै ध्यान दिनुपर्ने उपसभापति गच्छदारको भनाई थियो ।
उपसभापति गच्छदारले पार्टी गुट, उपगुटमा विभाजित हुँदै जानुमा समूहगत स्वार्थसिद्ध गर्नका लागि नेपाली काँग्रेसको विधान संशोधन गरिएको दावी गरेका छन् । पार्टी सभापति र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने प्रावधान राखेर पदाधिकारी नियुक्ति गर्ने प्रावधान राख्नसक्दा मात्रै पार्टी भित्रको एकता बलियो हुने उनको दावी छ । पार्टीका पदाधिकारी समेतको निर्वाचन गर्ने प्रणालीले गुटबन्दी झ्याङ्गीदै गएको चिन्ता गच्छदारको थियो ।

आफ्नो तत्कालिन पार्टी नेपाली काँग्रेससँग एकिकरण भएपनि अहिले निश्चित स्वार्थ समूहले किनारा लगाउन खोजेको आरोप उपसभापति गच्छदारको थियो । वीपी कोइरालाले मस्यौदा गरेर बनाएको नेपाली काँग्रेसको विधानलाई अनुदार बनाउने काम स्वार्थका आधारमा भएको दावी गर्दै उपसभापति गच्छदारले त्यसलाई परिमार्जन गरेर सिङ्गा काँग्रेस जोड्न र अट्न सक्ने बनाउनु पर्ने बताएका थिए ।
एकिकरण गरेर आएका आफ्ना पार्टीका कार्यकर्तालाई पाखा लगाएर अगाडी बढ्न खोजिएको बताउँदै त्यसको प्रतिरक्षामा बलियोसँग उभिने बताएका छन् । आफु सबै समूहको नेता भएको बताउँदै काँग्रेसमा सबैको नेताको रुपमा स्थापित हुने दावी गच्छदारले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्