विराटनगरमा २० सहित प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

<span class='c1'>विराटनगरमा २०  सहित प्रदेश १</span> <span class='c2'>मा ८३ जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा ८, मेचीनगर र दमकमा ६–६, बुद्धशान्तिमा ४, कनकाईमा २, अर्जुनधारा र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २०, बेलबारीमा ३, उर्लाबारीमा २, सुन्दरहरैचामा १, सुनसरीको इटहरीमा ११, धरानमा ५, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५१ महिला र ५७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्