चिसाेसँग प्रदूषण बढ्दै, भारतबाट प्रदूषित वायु पस्न सक्ने

<span class='c1'>चिसाेसँग प्रदूषण बढ्दै, भारतबाट</span> <span class='c2'>प्रदूषित वायु पस्न सक्ने</span>

काठमाडौं । भारतको मुख्य शहर दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ । भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ ।

यो प्रदूषित वायु नेपाल प्रवेश गर्न सक्ने भन्दै वातावरण विभागले सचेत रहन आग्रह गरेको छ । दिल्लीबाट वायु नेपाल प्रवेश गर्न ४८ घण्टा लाग्ने भन्दै यस अवधिमा धूवाँजन्य वस्तुहरु बाल्न नहुने र सावधानी अपनाउन अनुरोध गरेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो । भारतकाे उत्तरी क्षेत्रका शहरहरूकाे प्रदूषित वायु नेपालकाे तराइ क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाेले सचेत हुन जरूरी रहेकाे बताइन्छ । नेपालको अवस्था सामान्य रहेको छ तर हामीले अगाडिनै सचेत हुन सकेनाैं भने समस्या हुने भएकाले सबैले वायुप्रदूषणजन्य कार्य नगर्न र नगराउन आग्रह गरेका हाैं, उहाँले भन्नुभयो । नेपालमा हाल तराई क्षेत्रमा वायु प्रदूषण बड्दै गएको छ भने पहाडी र हिमाली क्षेत्रको अवस्था सामान्य रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

दिल्लीमा भएको प्रदूषणले श्वासनै फेर्न सक्ने अवस्था नहुने भन्दै अदालतले सतर्कता अपनाउन दुई दिन घरमै बस्न र सम्बन्धित निकायले वायुको प्रदूषणदर पाँचसयबाट दुईसयमा झार्न पहल थाल्न सुझाव दिएको छ । यता नेपालको अवस्था भने आइतबार विहानसम्म सिमरामा १७४, विराटनगरमा १७७, महेन्द्रनगर १६७, पोखरामा १५५, किर्तीपुर ११८ र भक्तपुरमा ६६ माइक्रोग्राम परमिटर क्युव मंगलबार प्रतिघण्टासम्म मापन भएको छ । विभागले १०० देखि १५० माइक्रोग्राम परमिटर क्युवसम्मलाई अस्वस्थकर र हानिकारक वायु भनेर मापन गरेको छ । यस्ता धुलोले मुटु, फोक्सोसम्बन्धिका विरामी, बृद्धबृद्धा र वालवालिकालाई बडी हानि पु¥याउने सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विषेसज्ञा डा. कुन्जाङ शेर्पाले बताउनुभयो । गत वर्ष काठमाडौं ४०० माइक्रोग्राम परमिटर क्युवसम्म पुगेको विभागको तथ्याङ्क छ । विश्व स्वास्थ्य संगठनले पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो वायुको गुणस्तर २५ माइक्रोग्राम परमिटर क्युवसम्म मात्र स्वास्थ्यका लागि उपयुक्त हुने भन्दै मापदण्ड तोकेको छ भने सरकारले भने ४० माइक्रोग्राम परमिटर क्युवसम्मलाई राष्ट्रिय मापदण्ड तय गरेको छ ।

चिसो बडेसँगै काठमाडौं उपत्यका लगायतका मुख्य शहरहरुमा फोहोर बाल्ने, दाउरा र गुइँठा जन्य बस्तु जलाउने गर्नाले वायु प्रदूषणको दर बड्ने विभागले जनाएको छ । चिसोकै कारण प्रदूषित वायुलाई माथि जानबाट रोक्ने गर्छ त्यसैले पनि प्रदूषण झन् बड्ने गर्छ, यसमा हामी सचेत हुनुनै मुख्य उपाय हो, पौडेलले सुझाव दिनुभयो ।

नेपालको मौसम हेर्दा तत्काल त आत्तिनु पर्ने अवस्था नभएको विभागले जनाएको छ । हिउँदमा प्रदूषणले समस्या ल्याउने गर्छ त्यसमा विभागले जनचेतनामुलक काम गर्दै आएको छ । पछिल्लो साता मात्र काठमाडौंको तापक्रम २२ बाट घटेर आठ डिग्री सेल्सियसमा झरेको छ । न्युनतम तापक्रममा कमी आएसँगै वायु प्रदूषण समेत बड्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्