एसियन एम्पुटी फुटबलमा नेपालले पहिलो खेल उजबेकिस्तानसंग खेल्दै

<span class='c1'>एसियन एम्पुटी फुटबलमा नेपालले</span> <span class='c2'>पहिलो खेल उजबेकिस्तानसंग खेल्दै</span>

काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शनिबार उजबेकिस्तान संग खेल्दै छ ।

बंगलादेशको ढाकामा शुक्रबार देखि सुरु भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा नेपालले आज उजबेकिस्तान संग खेल्ने भएको हो ।

नेपालले दोस्रो खेल बंगलादेशसंग माघ २७ गते बिहान साढे ११ बजे खेल्नेछ । यस्तै तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसंग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासंग खेल्ने छ । एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडीहरुले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । यो खेल नेपालका लागि एक इतिहास भएको एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताए ।

प्रतियोगितामा ६ वटा टिम भएपनि ५ वटा टिमले मात्र सहभागिता जनाएको छ । नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्रबहादुर तामाङले बताए ।
फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते गएको थियो ।

नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाई, राज पौडेल र प्रकाश सिंह रहेका छन् । नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् । प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्