लायन्स क्लब अफ बिराटनगर ग्रीनसिटिद्वारा शैक्षिक सामाग्री सहयोग

लायन्स क्लब अफ बिराटनगर ग्रीनसिटिद्वारा शैक्षिक सामाग्री सहयोग

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रीनसिटिले विराटनगर ३ को मदननगर आधारभुत विधालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले मंगलबार विद्यालयका २ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका कोठाहरुमा पठनपाठनको लागि विभिन्न जानकारीमुलक चित्रहरु समेत बनाईएको क्लबका अध्यक्ष विश्वकान्त दाहालले बताए ।

कार्यक्रममा भने ग्रीनसिटिका संस्थापक अध्यक्ष देवकिसन मुन्दडा, अध्यक्ष विश्वकान्त दाहाल, सचिव दिपक कर्ण र कोषाध्यक्ष भवेश पौडेल लगायत क्लबका अन्य पदाधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्