लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै

लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै

विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ ।

सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन हुने भएको हो । मन्त्री यादवको अध्यक्षतामा गठित मूल समारोह समितिले बिहीबार बिहान ७ वजे विराटनगर देवकोटा चौकबाट अभियानको सुरुवात गर्ने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँले अभियानको पहिलोदिन बिहान ७ बजे देवकोटा चौकबाट र्‍याली निकालेर बजार परिक्रमा गर्दै पुनः देवकोटा चौकमै आएर समापन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

अभियान अन्तर्गत मन्त्रालयले मंसिर ९ गते साँझ ५ बजे ट्राफिक चौकमा दिप प्रज्वलन गरिने कार्यक्रम पनि तय गरेको छ । बिहीबारदेखि १६ दिनसम्म जनचेतनामुलक विविध कार्यक्रम समेत सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्