प्रदेश १ मा ३७ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ३७</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ । ४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, हल्दिबारी, कनकाई , बाहृदशी र मेचीनगरमा १–१, सुनसरीको धरानमा ४, बर्जु, भोक्राहानरसिंह, रामधुनी, गढी, इटहरी र दुहवीमा १–१, भोजपुरको ट्याम्केमैयुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्