ओमिक्रोन भेरियन्ट : विदेश भ्रमण नगर्न सरकारको आग्रह

ओमिक्रोन भेरियन्ट : विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् । हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा. अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको दावी गरेका छन् ।

विज्ञप्तीको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्