लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

<span class='c1'>लाभांश घोषणा गर्दै</span> <span class='c2'>वाणिज्य बैङ्क</span>

२६ वाणिज्य बैङ्कमध्ये २३ वटाद्वारा लाभांश घोषणा सबैभन्दा धेरै नबिल बैङ्कको लाभांश ३८ प्रतिशत
काठमाडौँ । वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने बाँकी तीनवटाले घोषणा गर्न बाँकी छ । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य २६ वटा वाणिज्य बैङ्क नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् । लाभांश घोषणा गरेका बैङ्कहरूमध्ये सबैभन्दा बढी नबिल बैङ्कले दिएको छ भने दोस्रोमा हिमालयन बैङ्क छ । लाभांश घोषणा गरेका बैङ्कमा सबैभन्दा कम अहिलेसम्म नेपाल एसबीआई बैङ्कको रहेको छ । नबिल बैङ्कले लगानीकर्तालाई सर्वाधिक ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ जसमा ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४ प्रतिशत नगद रहेको छ । दोस्रोमा हिमालयन बैङ्कले लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिन लागेको छ । हिमालयन बैङ्कले सेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद दिएको छ ।

गत आर्थिक वर्षको वितरणयोग्य नाफाका आधारमा लगानीकर्तालाई नेपाल एसबीआई बैङ्कले सबैभन्दा कम ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ जसमा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद रहेको छ । सानिमा बैङ्कले १७.८९ प्रतिशत लाभांश दिने भएको छ जसमा १७ प्रतिशत बोनस तथा ०.८९ प्रतिशत नगद रहेको छ । सरकारी स्वामित्वको नेपाल बैङ्कको कुल १७ प्रतिशत लाभांशमा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद, प्राइम कमर्सियल बैङ्कले १६.६३ प्रतिशत लाभांश (१६ प्रतिशत बोनस तथा ०.६३ प्रतिशत नगद), नेपाल इन्भेस्टमेन्ट बैङ्कले १६ प्रतिशत (१२.६१ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगद), सिटिजन्स बैङ्कले १६ प्रतिशत लाभांश (१२.९१ बोनस तथा ३.०८७ प्रतिशत नगद) दिन लागेका छन् ।

यस्तै सिद्धार्थ बैङ्कले १५ प्रतिशत लाभांश (१४.२५ बोनस र ०.७५ प्रतिशत नगद), माच्छापुच्छे बैङ्कले १४ प्रतिशत लाभांश (१३.३ बोनस तथा ०.७ प्रतिशत नगद), बैङ्क अफ काठमाण्डूूले १४ प्रतिशत (१० प्रतिशत बोनस र ४ प्रतिशत नगद), ग्लोबल आईएमई बैङ्कले १३.५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद), स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १३.०६ प्रतिशत लाभांश (१० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद), एनएमबी बैङ्कले १५.८ प्रतिशत लाभांश (१२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगद), एनआईसी एसिया बैङ्कले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५, नेपाल बङ्गलादेश बैङ्कले १२ प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद, एनएमबी बैङ्कले १५.८ प्रतिशत लाभांश (१२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगद), एनआईसी एसिया बैङ्कले १५.७८९५१५ प्रतिशत लाभांश (१५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद), नेपाल बङ्गलादेश बैङ्कले १५.५ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद) दिने भएको छ ।

प्रभु बैङ्कले पनि आफ्ना सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद) दिने भएको छ । मेगा बैङ्कले १२.०७ प्रतिशत लाभांश (१० प्रतिशत बोनस तथा २.०७ नगद), लक्ष्मी बैङ्कले ११.५ प्रतिशत लाभांश (८ प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद), एभरेस्ट बैङ्कले १०.३२ प्रतिशत लाभांश (६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद) दिने जनाएका छन् ।
कुमारी बैङ्कले पनि ८.६७ प्रतिशत लाभांश (६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद), नेपाल क्रेडिट एन्ड कमर्स

वाणिज्य बैङ्कको लाभांश, आ.व. २०७७/०७८


बैङ्क (एनसीसी)ले ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद), सनराइज बैङ्कले सात प्रतिशत लाभांश (६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद) आफ्ना सेयरधनीलाई वितरण गर्ने भएका छन् ।

सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका वाणिज्य बैङ्कहरूमा सेन्चुरी बैङ्क, सिभिल बैङ्क र कृषि विकास बैङ्क छन् ।
पब्लिक तथा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र कम्पनीको वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ । सूचीकृत कम्पनीहरू छ महिनाको बोर्डर लाइनतर्फ अर्थात् पुस मसान्त नजिकिँदै गर्दा मात्र साधारण सभाको तयारीमा होमिन्छन् भने केही कम्पनीले छिट्टै साधारण सभा सम्पन्न गर्ने गर्छन् । सोहीअनुसार कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । नेप्सेका अनुसार २२२ कम्पनी सूचीकृत छन् ।

साभार:गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्