मानव अधिकारको अवस्थाबारे विराटनगर अन्तरक्रिया

<span class='c1'>मानव अधिकारको अवस्थाबारे</span> <span class='c2'>विराटनगर अन्तरक्रिया</span>

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले मानव अधिकारको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदेशमा देखिएका विभिन्न मानव अधिकार उल्लंघनका घटनाहरूको अनुसन्धान भइरहेको जानकारी दिएका थिए । उनले कोशी प्रदेशको कारागारमा यस वर्ष पाँच जनाको मृत्यु भएको र ३५० भन्दा बढी बालबालिका हिंसाको शिकार भएको तथ्यांक प्रस्तुत गरे।

बाल हेल्पलाइनका प्रमुखले दैनिक बालबालिकादेखि जेष्ठ नागरिकसम्म बलात्कारका घटना बढिरहेको भन्दै यस विषयमा थप सतर्कता आवश्यक रहेको बताए। विशेषगरी हाडनाता (नातेदार) बाटै बालबालिका पीडित हुने गरेको उनको भनाई थियो । विराटनगरमा मात्रै ४–५ वटा विद्यालयले बालबालिकामाथि कुटपिट गरेको गुनासो आएको उल्लेख गरे।

एबिसी नेपालकी प्रतिनिधिले नागरिकता नपाएका कारण धेरै व्यक्तिहरू पीडित भएको बताइन्। खेलकुद क्षेत्रका युवाहरू समेत नागरिकताको अभावमा अगाडि बढ्न नसकेको र एकल महिलाका समस्याहरू सम्बन्धित निकायले समयमा सम्बोधन नगरेको उनको भनाई थियो । कार्यक्रममा उपस्थित पत्रकारहरूले कोशी प्रदेशका केही स्थानमा पत्रकारिता गर्न बाधा पुग्ने गरेको बताए।

सहभागीहरूले आयोगमा मुद्दाहरू लामो समयसम्म थन्किने र सिफारिसहरूको प्रभावकारी कार्यान्वयन नहुने समस्या औंल्याए। यद्यपी, आयोगले यस अवधिमा दुई जना बालबालिकाको ज्यान बचाउन सफल भएको सकारात्मक उपलब्धि पनि सार्वजनिक गरेको थियो। कार्यक्रमका सहभागीहरूले मानव अधिकार संरक्षणका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र कानुनको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्