खार्जी सहकारीको सेवा अब विराटनगरको राजवंशी चोकबाट

खार्जी सहकारीको सेवा अब विराटनगरको राजवंशी चोकबाट

विराटनगर । खार्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय विराटनगर–४ स्थित राजवंशी चोक स्थानान्तरण गरिएको छ ।

२०६५ सालदेखि सहकारी, बैङ्किङ तथा सामाजिक र व्यावसायिक क्षेत्रमा काम गर्दै आएको सहकारीको कार्यालय शनिबार राजवंशी चोक स्थानान्तरण गरिएको हो । शनिबार संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद घिमिरेले रिबन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै अध्यक्ष घिमिरेले सहकारीले स्थानीय स्तरमा छरिएर रहेका स-साना पुँजीलाई एकीकृत गर्दै सदस्यहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्ने बताए ।

त्यसैगरी, सहकारीका व्यवस्थापक नविन पहाडीले जनस्तरमा सबैको सहभागिता सुनिश्चित गर्दै आफ्ना गतिविधिलाई जनसमुदाय स्तरमा समर्पित गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जानकारी दिए ।

यसअघि संस्थाले भने विराटनगरको खार्जी चोकबाट आफ्नो सेवा प्रवाह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्