व्यावसायिक खेलाडी उत्पादन गर्न विराटनगर भलिबल प्रशिक्षणस्थल सञ्चालनमा

व्यावसायिक खेलाडी उत्पादन गर्न विराटनगर भलिबल प्रशिक्षणस्थल सञ्चालनमा

विराटनगर । विराटनगरमा भलिबल प्रशिक्षणस्थल सञ्चालनमा ल्याइएको छ ।

व्यावसायिक र प्रशिक्षित खेलाडी उत्पादन गर्न विराटनगरको वडा नम्बर १० भुमि प्रशासन चोकमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको हो । विराट खेलकुद क्लबले एक निजी व्यक्तिको जग्गा लिजमा लिएर प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । शनिबार आयोजित एक कार्यक्रमका बिच विराटनगर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष माधवराज वाग्लेले प्रशिक्षणस्थलको उद्घाटन गरे ।

महानगर क्षेत्रभित्र अभ्यासस्थलको अभावमा भलिबल खेलाडीहरुको उत्पादनमा ह्रास आउँदै गएको बिषयलाई दृष्टिगत गर्दै प्रशिक्षण स्थल सञ्चालनमा ल्याइएको विराट खेलकुद क्लबका अध्यक्ष मोहम्मद नसरुलले बताए । कोर्ट सञ्चालनमा आएपछि व्यावसायिक खेलाडी उत्पादन गर्न सघाउ पुग्ने उनले जानकारी दिए ।

कोर्ट सञ्चालनमा ल्याइएपछि प्याब्सन र एन प्याब्सनसहित सामुदायिक विद्यालयहरुले समेत चासो देखाएको क्लबले जनाएको छ । हालसम्म १ सय ५ वटा विद्यालयले आफ्ना विद्यार्थी प्रशिक्षणका लागि पठाउने जनाइसकेको आयोजक समितिको दाबी छ ।

प्रशिक्षण स्थलमा क्लबले स-शुल्क प्रशिक्षण दिने व्यवस्था मिलाएको छ । पुर्व खेलाडी एवम राष्ट्रिय प्रशिक्षक विरेन्द्र चौधरीले खेलाडीहरुलाई प्रशिक्षण दिने जनाइएको छ ।

शनिबार प्रशिक्षण स्थल उदघाटनको अवसरमा भने एभरेष्ट कलेज र आदर्श बालिका विद्यालयबीच प्रर्दशनी खेल समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्