‘दोश्रो लहर नियन्त्रणमा विराटनगरको कार्य सन्तोषजनक छैन’ – ओबी सर्वेक्षण

<span class='c1'>‘दोश्रो लहर नियन्त्रणमा विराटनगरको कार्य</span> <span class='c2'>सन्तोषजनक छैन’ – ओबी सर्वेक्षण</span>

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ महामारीको दोश्रो लहर नियन्त्रणमा विराटनगर महानगरपालिकाले गरेको कार्य सन्तोषजनक नभएको विराटनगरका जनताले विचार व्यक्त गरेका छन् ।
कोभिड १९ नियन्त्रणमा विराटनगर महानगरको भुमिका र कार्यका बारेमा हामीले आवर विराटनगरका पाठकहरुलाई ओबी सर्वेक्षणमा सोधेको थियौं:
कोभिड १९ को दोश्रो लहर नियन्त्रणमा विराटनगर महानगरपालिकाको तयारी बारे तपाईको धारणा के छ ?

यस सर्वेक्षणमा ६ हजार ४ सय ५१ जना व्यक्तिहरुले सहभागीता जनाएका थिए । सर्वेक्षणको प्रश्नको उत्तर दिदै ४ हजार ७ सय ४७ जना अर्थात ७४ प्रतिशत सहभागीहरुले महानगरको नियन्त्रण कार्यलाई कमजोर भएको विचार व्यक्त गरेका थिए । यसै गरि १ हजार १ सय ९ जना अर्थात १७ प्रतिशत सहभागीले ठिकै र सबै भन्दा कम ५ सय ९५ जना अर्थात ९ प्रतिशत सहभागीले अब्बल भनेर विचार व्यक्त गरेका थिए ।

दोश्रो लहरसम्म आईपुग्दा विराटगनरमा १५ हजार ० सय भन्दा बढि व्यक्तिमा संक्रमण देखिएको छ भने १ सय ९६ जनाले ज्यान गुमाईसकेका छन् । पौष २ गतेको तथ्याकं अनुसार विराटनगरमा हाल १ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वभर त्रासको माहोल बनाईरहँदा नेपालमा पनि यसको जोखिम छ । यसबाट जोगिन विराटनगरका बजारहरुमा स्वास्थ्य मापदण्डको पालना भएको देखिदैन । नियमन गर्ने निकायले भाईरस नियन्त्रणको लागि कार्य गरेको पनि पाईदैन । साथै विराटनगर महानगर र प्रदेश सरकार सम्भावित जोखिम न्युनिकरणका लागि तयार छ कि छैन ?

आवर विराटनगरले समसामयिक विषयमा आफ्ना पाठकहरु बिच सर्वेक्षण गराउदै आएको छ । ति सबै सर्वेक्षणहरु यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ । यसै गरि हाल विराटनगर हिमालय रोडमा बन्दै गरेको नो-भेहिकल जोनसहितको ब्युटिफिकेसनको संरचनाका विषयमा तपाईहरुको के धारणा छ भनेर नयाँ सर्वेक्षणमा सोधेका छौं । तपाईले हाम्रो वेबसाईटको साईडबारबाट त्यस सर्वेक्षणमा आफ्नो विचार राख्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्