विराटनगर । कार्यालयबाट हुने सेवा प्रवाह बारे विद्यार्थीलाई जानकारी दिन ‘प्रहरीसँग एक दिन’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीलाई प्रहरी कार्यालयले दिने सेवा बारे जानकारी गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले लर्ड बुद्ध निकेतनको कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीलाई सोमबार तथा शिक्षक, शिक्षिकालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रदान गरिने सेवा, कार्यालय परिसर तथा शाखाहरूको काम कारवाही बारे जानकारी एवं अन्तरक्रिया गरेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।