विराटनगरका उद्योगी राजेन्द्र राउत मुख्यमन्त्री राईको आर्थिक सल्लाहकार

विराटनगरका उद्योगी राजेन्द्र राउत मुख्यमन्त्री राईको आर्थिक सल्लाहकार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी राजेन्द्र राउतलाई नियुक्त गर्नु भएको छ ।
मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका वरिष्ठ उपाध्यक्ष राउतलाई आर्थिक सल्लाहकारमा आज नियुक्त गर्नु भएको हो ।

राजनीतिक रुपमा खुलेर नदेखिनु भएका राउत देशकै स्थापित उद्योगीको रुपमा चिनिनुहुन्छ । उहाँको सामाजिक क्षेत्रमा समेत उल्लेख्य भूमिका रहँदै आएको छ । स्वतन्त्र र स्वच्छ छवी भएको उद्योगीको रुपमा स्थापित राउत सबै राजनीतिक पार्टीसँग समदुरीको सम्बन्ध राख्ने व्यक्तिमा चिनिनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्