हिमालय रोड सौन्दर्यीकरण योजना : विरोधमा स्थानीय बुद्धिजीवीहरुको संयुक्त प्रेस विज्ञप्ति

हिमालय रोड सौन्दर्यीकरण योजना : विरोधमा स्थानीय बुद्धिजीवीहरुको संयुक्त प्रेस विज्ञप्ति

विराटनगर । विराटनगरका नागरिक अगुवा तथा बुद्धिजीवीहरुले हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असहमति जनाएका छन् ।

बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले जनआन्दोलन चौकको ऐतिहासिकता र सांस्कृतिक गरिमालाई समाप्त गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको भन्दै निर्माण कार्यप्रति असहमति जनाएका हुन् । हिमालय रोडको राजनीतिक, ऐतिहासिक र सांस्कृतिक गरिमालाई समाप्त गरेर मनोरञ्जन स्थलका रूपमा परिणत गरिनु उचित नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘हामी कुनै पनि विकास परियोजनाको विरोधी होइनौं । तर, विकास परियोजनाहरू जनताका बिचमा पारदर्शी र सरोकारवालाहरूको सचेतन सहभागिताको आधारमा सञ्चालन गरिनु पर्दछ भन्ने मान्यता राख्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विराटनगरको महत्वपूर्ण लिङक रोड र विराटनगरबासीका बीचमा सम्पर्क केन्द्रको रूपमा रहेको हिमालय रोडमा सवारी साधन आवागमनलाई निषेध गर्ने कार्यले विराटनगरको विकास र गरिमामा अस्तव्यस्त पार्ने प्रयास भएको बुद्धिजीवी तथा नागरिक अगुवाहरुले बताएका छन् । दीर्घकालीन प्रभावको मूल्याङ्कन नै नगरी सडकको सौन्दर्यीकरण गर्ने कार्य भएको उनीहरुको आरोप छ । उनीहरुले उक्त परियोनाको तुरुन्त रोक्न र हिमालय रोडबाट सो परियोजना अर्को उपयुक्त स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भने स्वतन्त्र सेनानी, नागरिक अगुवा, बुद्धिजीवी, पुर्व प्रशासक, उपभोक्ता अधिकारकर्मी, अग्रज पत्रकार र स्थानीय बासिन्दाहरु सहित २२ जनाले हस्ताक्षर गरेका छन् ।

यस्तो छ जारी विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्