व्यापार सहजीकरणका लागी श्रीलङ्काली राजदुतसँग मोरङका उद्योगीको भेटघाट

व्यापार सहजीकरणका लागी श्रीलङ्काली राजदुतसँग मोरङका उद्योगीको भेटघाट

विराटनगर । उद्योग संगठन मोरङले श्रीलंका र नेपाल बिच हुनसक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्धको बिषयमा नेपालका लागी श्रीलंकाली राजदुत हिमाली अरुणतिलकासँग भेटघाट गरेको छ ।

उद्योग संगठनले पौष ५ मा नेपालस्थित श्रीलंकालीे दुतावास काठमाण्डौंमा भेटघाट तथा छलफल गरेको हो । भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपालबिच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरुको बिषय र व्यवसायिक महत्व तथा अवसरमा रुपान्तरणको सम्भावनाका बारेमा संगठनले चासो राखेको बताए ।

उनले औद्योगिक क्षेत्रमा बिशेष गरि चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपाल बिच हवाई उडान समेत प्रारम्भ भईसकेको परिप्रेक्ष्यमा पर्यटनको क्षेत्रमा श्रीलंका र नेपालबिच व्यवसायिक सम्बन्धको विकासका लागि सहजीकरण गरिदिन आग्रह गरे । संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले निर्यातमुलक उद्योगहरुको प्रर्वद्धनका लागी श्रीलंकाले गरेको सफल अभ्यासहरुका अनुभव तथा प्रयासहरुका बारेमा नेपाली उद्योगीहरु जानकारी लिन उत्सुक रहेको बताए ।

उक्त अवसरमा श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले श्रीलंका र नेपाल बिच उत्पादनमुलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुवै मुलकका उद्योगी÷व्यावसायीसँग राजदुतावास निरन्तर सहजीकरणका निम्त्ति तत्पर रहेको बताइन्् ।

दुतावास कै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इण्डष्ट्रिज बिच संस्थागत सहकार्यका लागी आगामी २७ जनवरीमा दुवै संस्थाबिच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्