विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम हुदै

विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम हुदै

विराटनगर पुष ९,

विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम शनिबार हुने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसनको आयोजनामा विराटनगरको होटेल इस्टर्न स्टारमा पुष १० गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई मुख्य अतिथि रहने उक्त कार्यक्रममा पूँजी बजारको अवस्था र चुनौती,पूँजी बजार सचेतनाको महत्व,वित्त बजारको वर्तमान अवस्था र पूँजी बजारमा त्यसको प्रभाव लगायतका बिषयमा छलफल तथा तालिम हुने आयोजक नाफिजका चेयरम्यान मोदनाथ ढकालले बताए ।

कार्यक्रम शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्