विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन नजिकिँदै जाँदा विराटनगर महानगरपालिका तथा अन्य स्थानीय तहका चोकचोकमा पार्टीको झण्डा तथा ब्यानर राखेर प्रचार गर्न शुरु भएको छ ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन यहि पुष २३ र २४ गते विराटनगरमा हुदैछ । अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न पार्टीले यसअघि नै निर्णय गर्दै सम्पूर्ण शाखा कमिटीहरुलाई आ–आफ्ना चोकमा पार्टीको झण्डा तथा ब्यानर राख्न सर्कुलर समेत गरेको छ । सोहि अनुशार विराटनगर महानगरपालिका वडा ८ नम्बर कमिटीले आज विभिन्न चोकमा झण्डा र ब्यानर टाङ्ने काम गरेको हो । वडा कमिटीको सचिवालयको बैठकबाट विभिन्न चोकमा अधिवेशन प्रचारका लागि ब्यानर र झण्डा राख्ने निर्णय गरेको थियो ।
यस्तै पुष १७ गते वडा भेला भेला राखेर अधिवेशन प्रतिनिधि छनोट गर्ने शाखा कमिटीका अध्यक्ष राम पोखरेलले बताउनुभयो ।