विराटनगरमा टायर पड्केर कार अनियन्त्रित हुँदा दुर्घटना, ३ जना घाईते

<span class='c1'>विराटनगरमा टायर पड्केर कार अनियन्त्रित</span> <span class='c2'>हुँदा दुर्घटना, ३ जना घाईते</span>

विराटनगर । विराटनगरको रोडशेष चौक भएको कार दुर्घटनामा परी ३ जना घाईते भएका छन् ।

टायर पडकेर कार अनियन्त्रित भई सडकको बिचमा रहेको डिभाईडरमा ठोकिदा चालक सहित ३ जना घाईते भएका हुन् । घाईते हुनेमा मोरङको पथरी–१ बस्ने वर्ष २८ का सवारी चालक प्रकाश प्रसाई, सोही ठाउँको वर्ष ६० का भीमशंकर श्रेष्ठ र पथरी–८ की ४० बर्षीया रेणु विक रहेकी छन् । दक्षिणबाट उत्तरतर्फ आईरहेको प्रदेश–३–०१–०२३ च ३१०९ नम्बरको कार दिउँसो करिब २ बजे रोडशेष चौकस्थित सडकको बिचमा रहेको डिभाईडरमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका उनीहरुको हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीले भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्