विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु (फोटो फिचर)

विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु (फोटो फिचर)

विराटनगर । विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु भएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मारवाडी सेवा सदनमा ‘रोटरी ट्रेड  फेयर २०२१’ सुरु भएको हो । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले व्यापार मेलाको उद्घाटन गर्नुभयो । मेलामा घरायसी किनमेलका सामाग्रीका, महिला तथा पुरुषका लागि आकर्षक लत्ताकपडा, बेकरी, गरगहना, विभिन्न प्रजातिका फुलका बिरुवा र खेलकुदका सामाग्री समेत बिक्री वितरणका लागि राखिएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ व्यापार मेलाको आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सञ्चिता जैनले बताउनुभयो । उहाँले व्यापार मेलामा सस्तो सुलभ मुल्यमा विभिन्न प्रकारका उत्पादनहरु बिक्रीका लागि राखिएको जानकारी दिनुभयो ।

रोटरी क्लबले हरेक वर्ष व्यापार मेलाको आयोजना गर्दै आईरहेको छ । शुक्रबारदेखि सुरु भएको व्यापार मेला शनिबार बेलुकी ८ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्