एमाले विराटनगर महानगर कमिटीद्वारा संगठन विस्तार कार्यलाई तीव्रता

एमाले विराटनगर महानगर कमिटीद्वारा संगठन विस्तार कार्यलाई तीव्रता

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले संगठन विस्तार तथा भातृ संगठन पुर्नगठनको कार्यलाई तिव्रता दिएको छ ।

अभियान नै सुरु गरेर संगठन विस्तार अभियान थालेको एमाले महानगरले शनिबार एकै दिन दुईवटा वडामा भातृ संगठन तथा टोल कमिटी गठन गरेको छ । विराटनगर १४ मा आज एमालेको टोल कमिटी र अनेम संघको टोल कमिटी निर्माण गरिएको छ । विराटनगर ६ मा पिछडा वर्ग महासंघको कमिटी गठन गरिएको छ । अहिले संगठन विस्तारको काम तीव्र गतिमा भइरहेको एमाले महानगर अध्यक्ष सागर थापाले बताए । थापाका अनुसार वडा नम्बर ४, ६, १४ नम्बरमा टोल कमिटी गठनको काम भइरहेको छ । पुस मसान्तसम्ममा सबै वडामा टोल कमिटी गठन गरिसक्ने उनले बताए ।

टोल कमिटी सँगसँगै अनेम संघ, पिछडा वर्ग महासंघ, ज्येष्ठ नागरिक मञ्च, मुस्लिम इत्तेहाद लगायतका कमिटी गठनको काम तीव्र गतिमा अघि बढाइने अध्यक्ष थापाले बताए । विराटनगर १४ को कार्यक्रममा सम्बोधन गर्दै थापाले विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रलाई हेर्ने दृष्टकोण नै गलत भएको बताए । स्थानीय तहमा जनप्रतिनिधि आएको ५ वर्ष पुग्न लाग्दा पनि यसको महसुस जनताले गर्न नपाएको उनको आरोप छ । अध्यक्ष थापाले काँग्रेसको नेतृत्वसँग विकासको भिजन नभएको र भिजन बिना विकास सम्भव नभएको बताए । तल्लो क्षेत्रमा विराटनगर महानगरपालिकाका बासिन्दाले गाउँपालिकाको जत्तिको सेवा सुविधा नपाएको उनको भनाइ छ ।

उनले भने — ‘विराटनगर महानगर भित्र अझै विजुली बत्ति पुग्न सकेको छैन् । सडकको छैन् । यस्तो महानगरको मेयर हुँ भन्न लाज हुँदैन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्