विराटनगरको गौतमबुद्ध स्कूलले पायो ‘आईएसओ’ सर्टिफिकेट

विराटनगरको गौतमबुद्ध स्कूलले पायो ‘आईएसओ’ सर्टिफिकेट

विराटनगर । विराटनगर – १६ रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट हासिल गरेको छ ।
स्कुल परिसरमा आइतबार एक कार्यक्रममकोबीच सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेको हो ।


ब्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश्रले विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवाललाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरे । यससंगै गौतमबुद्ध आईएसओ सर्टिफिकेट हासिलगर्ने विराटनगर महानगरपालिका भित्रकै पहिलो स्कुलमा दरिन सफल भएको छ । कुनैपनि शैक्षिक संस्थाको शैक्षिक तथा ब्यवस्थापकिय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारकालागि ब्यक्त प्रतिबद्धतालाई समेत मुल्यांकन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ ।
यो प्रमाणपत्रको संसारभरि मान्यता हुन्छ । आइएसओ ९ हजार एक, २ हजार १५ हासिल गर्न आवश्यक सबै अन्र्तराष्ट्रिय मापदण्ड पुरा गरेकाले गौतम बुद्ध सेकेण्डरीलाई प्रमाणपत्र प्रदान गरिएको क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी भुजेलले बताए । प्रदान गरिएको प्रमाणपत्रलाई प्रत्येक बर्ष नवीकरण गर्नुपर्ने ब्यवस्था रहेको भुजेलले बताए । त्यसकालागि प्रत्येक बर्ष विद्यालयको अनुगमन र निरीक्षण गरिने उनले बताए ।
२०३७ सालमा स्थापना भएको प्रदेश एकको ‘क’ बर्गको सो विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सुवालले बताए । विराटनगर महानगरपालिका भित्र ९३ वटा निजी विद्यालयहरु संचालनमा रहेको प्याब्सन विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्