यस्तो छ विराटनगरस्थित सप्तकोशी बैंक घोटालासम्बन्धमा राष्ट्र बैंकमा परेको उजुरी

यस्तो छ विराटनगरस्थित सप्तकोशी बैंक घोटालासम्बन्धमा राष्ट्र बैंकमा परेको उजुरी

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालयमा भएको घोटालाले चौतर्फी आशंका उब्जाएको छ ।
रेमिट शाखाका कर्मचारी हिमाल भट्टराईले विभिन्न व्यक्तिको नाममा रकम पठाएर अपचलन गरेको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा परेको उजुरी सार्वजानिक भएसँग घोटाला प्रकरण थप रहस्यमय बनेको हो ।

घोटाला बारे बेखबर रहेको बैंक प्रशासनले समेत राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि छानविन गर्न दिएको निर्देशनपछि मात्रै घोटाला थाहा पाएको थियो । राष्ट्र बैंकमा घोटाला छानविन गरिदिन माग गर्दै दिएको उजुरीमा घोटालामा अपनाइएको सबै विषय खुलाइएको छ ।
बैंक भित्रैबाट दिएको उजुरी कसले दियो भन्ने अझैसम्म खुल्न सकेको छैन । तर, प्रहरी नियन्त्रणमा रहेका आरोपित हिमाल भट्टराईका आफन्तले सिईओ नविन सुवेदीको योजनामा बैंक घोटाला भएको दावी गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टराईका परिवारले सिईओ सुवेदीकै योजनामा सब काम भएको दावी गरेपछि झन् घटना झन् शंकास्पद बनेको हो ।

रेमिट शाखामा कार्यरत भट्टराई र सिईओ सुवेदी नाता सम्बन्ध भित्रका रहेका कारण मिलेमतोमा काम भएको खुलेको छ । रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोड भन्दा बढी रकम ट्रान्सफर भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता भट्टराईकी मामाकी छोरी र सिईओ सुवेदीकी काकाकी छोरी हुन् । तर, उनको नाममा फर्जि खाता सिईओ सुवेदी र भट्टराईले मिलेर खोलेको आरोप लागेको छ । यस्तै हिमाल भट्टराईको खातामा एक करोड रुपैंया जम्मा भएको उल्लेख छ । यसैगरी भगवती सुवेदी (सिईओ सुवेदीकी भाउजु), साजन पोखरेल (सिईओ सालो), बानी पोखरेल (सिईओ जेठी सासु) लगायतका खातामा रकम पठाएको दावी गरिएको छ ।

हेर्नुहोस् जस्ताको त्यस्तै उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्