प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा जिप्रका मोरङको निरीक्षण तथा सेवाग्राहीसँग अन्तरक्रिया

<span class='c1'>प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा जिप्रका मोरङको</span> <span class='c2'>निरीक्षण तथा सेवाग्राहीसँग अन्तरक्रिया</span>

बिराटनगर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्नु भएको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षणमा आउनु भएका महानिरीक्षक क्षेत्रीले सेवाग्राहीसँग समेत अन्तरक्रिया गर्नु भएको थियो ।

त्यस क्रममा उहाँले प्रहरी पेशाप्रति इमान्दार र कर्तव्यनिष्ट हुनुपर्ने निर्देशन दिनु भएको थियो । कार्यालयमा प्रहरी सेवा लिन आएका केही सेवाग्राहीसँग सेवा बारे बुझ्नु भएका क्षेत्रीयले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्न निर्देशन दिनुभएको हो ।

नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउन उहाँले मोरङ प्रहरीलाई निर्देशन दिनु भएको थियो । त्यस क्रममा जनचेतनामूलक कार्यक्रमहरु संचालन, अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट नागरिकले सुुरक्षा अनुभुत गर्नुपर्नेमा उहाँको जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्