विराटनगरका उद्योगीको समस्यामा पहल लिन ‘बिजनेस क्लिनिक’ कार्यन्वयन

विराटनगरका उद्योगीको समस्यामा पहल लिन ‘बिजनेस क्लिनिक’ कार्यन्वयन

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न ‘सिआईएम बिजनेस क्लिनिक’ कार्यन्वयनमा ल्याएको छ । आफ्ना सदस्य उद्योग प्रतिष्ठानका समस्यालाई एकिकृत गरि सम्बन्धीत निकायसम्म पु¥याएर सम्बोधनको सहजीकरण गर्न बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलका अनुसार पहिलो पटक औद्योगिक क्षेत्रका १०४ वटा विषयलाई सरकारी निकायमा प्रस्तुत गर्दै सम्बोधन गराइएको छ । औद्योगिक क्षेत्रका समस्या समाधान गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु समेत तोकिएको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्रका समस्या सुन्नका लागि तोकिएको सम्पर्क बिन्दुसँग हरेक तीन महिनामा संगठनले एक पटक बैठक बसेर समिक्षा गर्नेछ ।
उद्योग संगठनको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोरखेलसँग गत साता आफ्नो अवधारणा प्रस्तुत गरेको थियो । उद्योगीहरुको माग अनुसार मन्त्रालयले सिआईएम बिजनेस क्लिनिकमार्फत समस्याहरुको एकिकृत हल खोज्न सहमति जनाएको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । अध्यक्ष प्याकुरेलका अनुसार मन्त्रालयले औद्योगिक क्षेत्रका समस्या संकलन गर्नका लागि सम्बन्धित क्षेत्रको भ्रमण गर्नेछ । त्यसबाट निस्केका समस्याहरुको सम्बोधनका लागि सहकार्य गरेर अगाडी बढ्ने सम्झौता गरिएको उहाँले दावी गर्नुभयो ।

नीतिगत तह, उद्योग विशेष वा साझा समस्या, उर्जा, कर, राजश्व, श्रम, भन्सार, आयात–निर्यात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकारसँग सम्बन्धित विषयहरुको बर्गिकरण गरेर समाधानमा पहल लिन संगठनले छुट्टै यूनिटको रुपमा बिजनेस क्लिनिक स्थापना गरेको हो । यहि कार्यक्रमलाई गत असोज १५ गते अर्थमन्त्रालयबाट शुभारम्भ गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । उद्योगीहरुका लागि सरोकारवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल बिन्दु तोक्ने सहमति गरिएको छ ।
उद्योग मन्त्रालयको कार्यक्रममा संगठनबाट बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्धय राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुशिल रिजाल तथा अध्यक्षीय सल्लाहकार सोम अधिकारीको सहभागिता रहेको संगठनका निर्देशक चुडामणी भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्