सोम्स कलेजमा २ दिने बैंकिङ कक्षा संचालन

<span class='c1'>सोम्स कलेजमा २ दिने</span> <span class='c2'>बैंकिङ कक्षा संचालन</span>

विराटनगर । सोम्स कलेज विराटनगरले आयोजना गरेको २ दिने बैंकिङ कक्षा आज समापन भएको छ ।

विषयगत ज्ञानको बारेमा मात्र जानकार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको पनि आवश्यकता रहेको महसुस गरी सिभिल बैंकसँगको सहकार्यमा कक्षा संचालन गरिएको थियो । उक्त कक्षामा बैंक खाता खोल्ने तरिका, बैंक भौचर भर्ने तरिका, एटिएम कार्ट, ओटिपी नम्बरको महत्वको विषयमा जानकारी गराइएको थियो ।

यसका साथै मोबाइल बैंकिङ सेवाको बारेमा पनि जानकारी गराइएको थियो । समयको गतिसँगै अबको युवाले यी कुरा बुझ्नुपर्ने भए पनि व्यवहारिक शिक्षा नहुँदा यस खालको तालिम आयोजना गरिएको सोम्स कलेजका डाइरेक्टर रोशन घिमिरेले बताए । विराटनगरका अन्य बिबिएस कलेजहरुमध्ये छुट्टै पहिचान बोकेको यस कलेजले T.U. को बिबिएस को साथै विद्यार्थीहरुलाई बिगत तिन बष॔ देखि अन्तराष्ट्रिय चाटर्ड एकाउन्टेन्ट बिषय पनि अध्यापन गराउँदै आएको छ । विश्वको १८१ वटा देशमा मान्यता प्राप्त चार्टड एकाउन्टेन जस्तो राम्रो विषयहरुको अध्ययन गर्न अब काठमाडौं जानु पर्ने बाध्यता हटेको उक्त कलेजका डाइरेक्टर घिमिरेको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्