सप्तकोशी डेभलेपमेन्ट बैंक घोटाला प्रकरण : निक्षेप सुरक्षित रहेको प्रशासनको दावी

सप्तकोशी डेभलेपमेन्ट बैंक घोटाला प्रकरण : निक्षेप सुरक्षित रहेको प्रशासनको दावी

विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा भएको १६ करोड हिनामिना प्रकरणको विषयमा बैंक प्रशासनले आफ्नो धारणा सार्वजानिक गरेको छ । बैंक प्रशासनले बैंकिङको रेमिट शाखा अन्तर्गत पार्किङ्ग एकाउन्टमा भएको रकम अपचलन भएपश्चात त्यसको अनुसन्धान भईरहेको जानकारी गराउँदै निक्षेपकर्ताले आत्तिनुनपर्ने सूचना जारी गरेको हो ।

बैंकका आधिकारिक व्यक्तिले विभिन्न नाममा खाता खडा गरेर आर्थिक अपचलन गरेको भन्दै नेपाल राष्ट्र बैंकमा बेनामे उजुरीपरेपछि अहिले त्यसको छानविन भईरहेको छ । रेमिट्यान्स वापत जम्मा हुन आएको रकम शाखामा कार्यरत कर्मचारी हिमाल भट्टराईले ट्रान्सफर गरेर अपचलन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर पहिलो साता रकम हिनामिना भएको खुलेपछि उनलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

त्यस विषयलाई बैंक प्रशासनले थप प्रष्ट पार्दै निक्षेपकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको भन्दै रेमिट्यान्स वापतको रकम अनुसन्धान पश्चात अपचलन गर्ने व्यक्तिबाट असुल उपर हुने दावी गरेको छ ।
बैंक प्रशासनले विज्ञप्ती जारी गरि दिइएको जानकारी अनुसार गत मंसिर मसान्तसम्ममा पूँजीकोष ८६ करोड ३३ लाख रहेको उल्लेख छ । यसैगरी आज दिउँसो ४ बजेसम्म निक्षेप ४ अर्ब १८ करोड, लगानी रहिरहेको कर्जा ४ अर्ब ३६ करोड र सरकारी सुरक्षणपत्रमा लगानी १८ करोड रहेको उल्लेख गरिएको छ । बैंकले रेमिट्यान्सतर्फको रकम हिनामिना भएकोले निक्षेपकर्तालाई आश्वस्त रहन आग्रह गरेको छ । निक्षेपकर्ताको रकममा कुनैपनि तलमाथि नहुने दावी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्