रोटरी क्लबमा युवा व्यवसायी कविन

<span class='c1'>रोटरी क्लबमा युवा</span> <span class='c2'>व्यवसायी कविन</span>

विराटनगर । रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा सिंह चयन गरेको हो ।

यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् । सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला छन् ।

निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा बिजु थपलिया र विनोद अग्रवालको टोलीले उनीहरूलाई सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका थिए । सो अवसरमा रोटरी क्लब विराटनगर अध्यक्ष सुरेन्द्र गोल्छा, प्रस्तावित अध्यक्ष कमल बस्नेतले शुभकामना दिएका थिए । नया“ समितिको कार्यकाल विक्रम सम्वत २०७९ असारको दोस्रो हप्तादेखि सुरू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्