विराटनगरमा तरकारी तथा फलफुल खरिदका लागि ‘सब्जीहटिया डटकम’ सञ्चालनमा

विराटनगरमा तरकारी तथा फलफुल खरिदका लागि ‘सब्जीहटिया डटकम’ सञ्चालनमा

विराटनगर । कोभिड महामारी र त्यसले देखाएको विकल्प स्वरुप विराटनगरमा तरकारी, फलफुल तथा माछामासु अनलाईन खरिदका लागि ‘सब्जीहटिया डटकम’ सञ्चालनमा आएको छ ।

विराटनगर–११ स्थित नेपाल बजार पश्चिम मंसिर १५ गतेदेखि उक्त अनलाईन पसल सञ्चालनमा आएको हो । विराटनगरकै २८ वर्षीय निश्चल मण्डलले उक्त पसल सञ्चालनमा ल्याएका हुन् । विराटनगर क्षेत्रभित्रका नगरबासीलाई केन्द्रित गरेर सब्जीहटिया डटकम सञ्चालनमा ल्याईएको उनले बताए । तरकारी, फलफुल तथा माछामासु लगायतका खानेकुरा न्यूनतम ३० मिनेटमा डेलिभर गर्ने गरि सब्जीहटिया सञ्चालनमा ल्याईएका उनले जानकारी दिए । उनले भने, ‘बल्क अर्डर अर्थात् थोकमा अर्डर आयो भने अधिकतम ४५ मिनेटसम्मको समय लाग्छ । अन्यथा हामीले ३० मिनेटभित्रै डेलिभरी गर्दै आएका छौं ।’

मंसिर दोश्रो सातादेखि सञ्चालनमा आएकोे सब्जीहटिया मार्फत् स्थानीय देवानगञ्ज तथा कोशी क्षेत्रका किसानले उत्पादन गरेका सबै प्रकारका ताजा फलफुल तथा तरकारीहरु बिक्री वितरण हुने गरेको छ । यसले कृषकहरुको उत्पादनले पनि बजार पाएको छ । सञ्चालकले तरकारीका केही आईटमका लागि स्थानीय गुद्री बजारका थोक बिक्रेतासँग समेत समन्वय गरेको छ । निःशुल्क डेलिभरी र १०० प्रतिशत प्र्रतिस्थापन सुविधा सहित सञ्चालनमा आएको सब्जीहटिया डटकमले बजार भाउभन्दा सस्तो मुल्यमा तरकारी तथा फलफुलका आईटमहरु उपलब्ध गराउँदै आएको सञ्चालक मण्डलले बताए । ‘सामानको परिमाणसँग डेलिभरीको कुनै सम्बन्ध हुँदैन,’ उनले भने, ‘हामी १ मुठा धनियाँ पनि डेलिभर गर्छौं ।’

सब्जीहटिया डटकमले अनलाईन अर्डरका लागि व्हाट्सएप, फेसबुक र बेवसाईटको व्यवस्था गरेको छ । सब्जीहटियाको ९८२०७२९४३५ नम्बरमा व्हाट्सएप, आधिकारिक फेसबुक पेजमा मेसेज वा सिधै सब्जीहटिया डटकमको बेवसाईटमा गएर आफुले चाहे अनुसारको अर्डर गर्न सकिने जनाईएको छ । यसका साथै कम्पनीले २ हप्तासम्म नियमित १ हजार ५ सय वा सो भन्दा बढीको सामान खरिद गर्ने उपभोक्ताका लागि हरेक हप्ताको आईतबार भुक्तानी गर्ने गरि उधारो सुविधा समेत उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यसका साथै सब्जीहटियाले बेवसाईट मार्फत् अर्डर गर्ने उपभोक्ताका लागि ५ प्रतिशत क्यासब्याकको अफर समेत ल्याएको छ । अफर सिमित समयका लागि रहेको जानकारी दिईएको छ ।

सब्जीहटियाले भने अगामी दिनमा किरानाका सामानहरु समेत अनलाईन बिक्री वितरण गर्र्ने तयारी गरेको छ । हाल प्रारम्भिक चरणमा सब्जीहटियाले अनलाईनमाम चियाको आईटम थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्