पाँच दशकपछि घरदैलोमै खानेपानी

<span class='c1'>पाँच दशकपछि</span> <span class='c2'>घरदैलोमै खानेपानी</span>

शुक्लाफाँटा । खोलाको पानी पिउँदै आएका चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने धारापानी गाउँका बासिन्दाले पाँच दशकपछि घरदैलोमै खानेपानी पाउने भएका छन् ।

वडा कार्यालयले आ.व २०७८-७९ को रु चार लाख ९० हजार बजेट परिचालन गरी खानेपानी निर्माणको कार्य अगाडि बढाएको छ । बतासे झर्नामा खानेपानीको इन्टेक ट्याङ्की निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पु¥याउन पाइपलाइन बिछ्याउने कार्य सुरु गरिएको छ । चार किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“मुहानदेखि गाउँसम्मको दूरी चार किलोमिटर छ”, वडाध्यक्ष महराले भन्नुभयो, “सोहीअनुरुप पाइपलाइन बिछ्याउने कार्य गरिरहेका छौँ ।” खानेपानीका लागि स्थानीयवासीले कूल लागतको २० प्रतिशत श्रमदान गर्नुपर्नेछ । त्यसका लागि स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन् । धारापानी गाउँमा विसं २०२४ मा बस्ती बसेको हो । बस्तीमा बस्दै आएका १८ परिवारको घरघरमै खानेपानीको धारा जडान गर्ने वडा कार्यालयले योजना बनाएको छ ।

“खानेपानीको व्यवस्था नहँुदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य थियौँ”, स्थानियवासी सइमले धामीले भन्नुभयो, “घरमै खानेपानीको धारा जडानका लागि कार्य अगाडि बढाइएपछि निकै खुसी छौँ ।” त्यहाँका बासिन्दालाई वर्षात्का बेला खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो । खानेपानीका धारा घरमै पु¥याउने कार्य सुरु भएपछि विगतको पानीको समस्या हटेर जाने उहाँले बताउनुभयो । धारापानीका स्थानीय बासिन्दासँगै पर्यटकीय क्षेत्र बतासे झर्ना जाने आन्तरिक तथा बाह्य पर्यटका लागिसमेत पदमार्गमा खानेपानीका धारा राख्नसमेत पहल भइरहेको वडाध्यक्ष महराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्