सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा ८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा ३ बस्ने २० बर्षिय मंगल सिंह राई रहेका छन् ।

मंगलबार राती करिब ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक वडा ३ बस्ने १९ बर्षिय विकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मंगल सिंह राईको बि.एण्ड सि.अस्पताल बिर्तामोडमा उपचारको क्रममा राईको मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्