विराटनगरको नोवेल अगाडीका फार्मेसीमा अनुगमन,व्यापारी सटर लगाएर भागमभाग

विराटनगरको नोवेल अगाडीका फार्मेसीमा अनुगमन,व्यापारी सटर लगाएर भागमभाग

प्रेम देवान

विराटनगर । पहाडी क्षेत्रबाट आएका विरामीहरुको चर्को जनगुनासो पछि बुधबार औषधी व्यावस्था विभाग विराटनगरको टोलीले नोवेल अस्पताल बाहिरका फार्मेसीहरुमा अनुगमन गर्यो ।


जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा पुगेको अनुगनमको टोली देख्न साथ अधिकांस फार्मेसी संचालकहरु सटर लगाएर फरार भएका थिए ।
नोबेल मेडिकल कलेज अगाडी गरेको अनुगमनको क्रममा आधा दर्जन फार्मेसी दर्ता बेगारको भेटिए भने आदा भन्दा बढी फार्मेसी संचालकहरु भने सटर लगाएर फरार भए ।


अनुगमनका क्रममा बिना दर्ता औषधी बिक्री वितरण गरेको पाइएपछि विभागले विराटनगरका आधा दर्जन फार्मेशी शिलबन्धी गरेको छ । विराटनगर ४ नोबल अगाडी विसाल साह, जाहवेद अन्सारी र अविशेषले संचालन गरेको फार्मेशी दर्ता बेगार संचालन गरेको पाइएपछि शिलबन्धी गरिएको औषधी व्यवस्था विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।


नोबेल अगाडी रहेका अन्य आदा दर्जन फार्मेशी अनुगमन टोलीलाई देखेपछि दर्ता बेगार संचालन भएका फार्मेशी संचालकहरू फरार भएका थिए ।

‘दर्ता बेगार संचालन भएको तीन वटा फार्मेशी शिलबन्धी गरेपछि यहाँका दर्ता बेगारका अन्य फार्मेशीहरू फरार भएका थिए,’ फार्मेशी निरीक्षक खड्काले भने, ‘दर्ता बेगार संचालनमा आएका फार्मेशीलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रियामा अगाडी बढाउनेछौं ।’ यस्तै अनुगमनको क्रममा जनता सेवा, नमितम ड्रग डिस्टुबेटर र हरीहोम फार्मेशीमा व्यवसायी अनुपस्थित रहेको पाइएपछि यी फार्मेशीहरु पनि बन्द गरिएको फार्मेशी निरीक्षक खड्काले जानकारी दिए ।


दर्ता बेगार संचालन भएको फार्मेशी शिलबन्दी गरि एक हप्ता भित्रमा विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ । ‘दर्ता बेगारको फार्मेशीलाई कानुनी दायारामा ल्याएर प्रक्रियामा ल्याउन हामीले अभियान चलाएका छौं,’ उनले भने, ‘अहिले अनुगमन गर्दै दर्ता बेगार संचालन भएका फार्मेशीलाई दर्ता प्रक्रियामा ल्याउन लागि परेका छौं । त्यही भएर अहिले अनुगमनलाई पनि तिव्रता दिएका हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्