सप्तकोसी डेभलेपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

सप्तकोसी डेभलेपमेन्ट बैंकका सिईओ सुवेदी पक्राउ

विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई अहिले साँझ बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सिईओसहित अन्य दुईजनालाई समेत पक्राउ गरिएको छ । प्रहरीले वित्तीय प्रमुख देवीप्रसाद भण्डारी, अमित थापा मगरलाई समेत सिईओ सुवेदीसँगै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यस अगाडी मंसिर १९ गते बैंकका कर्मचारी हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो ।

बैंकमा पारिवारिक सञ्जाल तयार गरेर मिलेमतोमा आर्थिक अपलचन गरिएको आशंका गरिएको छ । बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदीले आफ्ना आफन्तलाई भर्ना गरेर योजनावद्ध अपचलन गरेको आशंका गरिएको हो ।
बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख भट्टराईसहित उनीहरुले १६ करोड रुपिँया अपचलन गरेको आरोप छ । भट्टराई, सिईओ सुवेदीका फूपुका छोरा हुन् । भट्टराईका आफन्तले सिईओ सुवेदीकै योजनामा फर्जी खाता खोलेर रकम पठाउने गरेको आरोप लगाएसँगै आर्थिक अपचलनको घटना झन् पेचिलो बनेको हो ।

अहिले बैंकको विषयमा मामा र फुपूका परिवारबीच आरोप–प्रत्यारोप समेत सुरु भएको छ । प्रहरीले भट्टराई विरुद्ध बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान बढाएसँगै अन्यलाई समेत पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्