कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री प्रदान

<span class='c1'>कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख</span> <span class='c2'>७४ हजारको स्वास्थ्यसमाग्री  प्रदान</span>

विराटनगर । कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ ।
स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताउनुभयो । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिनुभएको थियो ।
मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकीलो गर्दै आफ्ना कार्यक्रम लिएर जानुपर्ने बताइएको थियो । कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृष्य बर्णन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउदा आफुहरुलाई निकै गर्व लागेको बताउनुभयो । संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिनुभयो ।
जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्