विराटनगरको बजारमा मोटरसाईकल चोरी गर्ने चार पक्राउ

<span class='c1'>विराटनगरको बजारमा मोटरसाईकल चोरी</span> <span class='c2'>गर्ने चार पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका भित्रको सडकमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गरेर हिडने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको मोटसाइकल चोरी गरेको आरोपमा चार पक्राउ पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ४ का २२ वर्षिय समिर मियाँ, विराटनगर महानगरपालिका १५ का २० वर्षिय नितेश मेहता, बेलबारी नगरपालिका–११ का २० वर्षिय सागर लिम्बु र सोही ठाउँका २२ वर्षिय सनम मगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
मोटसाइकल चोरी आरोपमा पक्राउ परेका अभियुक्तहरुल टिभिएस कम्पनीको आरटिआर को २३ प ८८११ नम्बरको मोटरसाईकल चोरी गरेको आरोप छ । पक्राउ पेका चारै जनालाई चोरी कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनेको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि बखरी प्रहरी चौकी मोटरसाइकल चोरी गर्ने पटेकलाई पक्राउ गरेको थियो । मोटसाइकल चोरी आरोपमा सुनसरीका सन्जु साहलाई पक्राउ गरेको हो । चोरी आरोपमा पक्राउ परेका साह अदालतबाट धरौटिमा छुटेपछि पुनः चोरीमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्