विराटनगरमा मारवाडी प्रिमियर लिग आयोजना हुँदै

विराटनगरमा मारवाडी प्रिमियर लिग आयोजना हुँदै

विराटनगर । मारवाडी समुदायको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता मारवाडी प्रिमियर लिगको नवौँ संस्करण यही फाल्गुन ११ गते देखि १४ गते सम्म विराट नर्सीङ होम पूर्व शंकरपुर ग्राउन्ड मा आयोजना हुँदैछ ।

प्रतियोगितामा मारवाडी समुदायका विभिन्न घटक-नेपाल अग्रवाल युवा मञ्चको टीम, महेश्वरी युवा मञ्चको टीम, ओस्वाल युवा मञ्चको टीम, नेपाल मारवाडी ब्राहमण युवा मञ्चको टीम र क्षत्रिय मेड स्वर्णकर युवा मञ्चको टीम गरि कुल ५ टीम को सहभागिता रहने कुरा आयोजक संस्था नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष श्री प्रदिप अग्रवाल ले बताउनु भयो । प्रतियोगितामा कुल १० लिग म्याच र सर्वाधिक अंक प्राप्त गर्ने २ टीम बीच फाल्गुन १४ गते फाइनल म्याच खेलिने जानकारी मारवाडी प्रिमियर लिग गभर्निङ कमिटीका चेयरमैन श्री अभिषेक केडियाले बताउनु भयो ।

प्रतियोगितामा विजेता टिमलाई रनिङ शिल्ड, विनिङ शिल्डका साथै नगद प्रदान गरिने का साथै हरेक म्याचका मान अफ दि म्याच, वेस्ट बलर, वेस्ट , ब्याटम्यान आदि पुरस्कारले खेलाडी हरुलाई पुरस्कृत गरिने मारवाडी प्रिमियर लिगका संयोजक श्री हेमन्त अग्रवालले गराउनु जानकारी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्