अन्डर–१८ जुनियर मेन्स सिङ्गल्स टेबल टेनिस प्रतियोगिता : मोरङलाई स्वर्ण पदक

अन्डर–१८ जुनियर मेन्स सिङ्गल्स टेबल टेनिस प्रतियोगिता : मोरङलाई स्वर्ण पदक

विराटनगर । दाङमा सम्पन्न स्वर्गीय खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८ मा मोरङका विश्व बाँनिया स्वर्ण पदक जित्न सफल भएका छन्

विराटनगरस्थित कोशी मल्टिपल क्याम्पसको कक्षा १२ मा अध्ययनरत बाँनियाले को अन्डर–१८ जुनियर मेन्स सिङ्गल्सतर्फ सो पदक जित्न सफल भएका हुन् । प्रतियोगिताभर जम्मा १ सेट मात्र गुमाउँदै बानियाँले खेलको सो उपाधि चुमेका हुन् । सेमिफाईनलमा रुपन्देहीका प्रवेश बस्नेतलाई ३–० सेट अन्तरले हराउँदै उनी फाईनलमा प्रवेश गरेका थिए । फाईनलमा सुनसरीका सिदार्थ तामाङ लाई ३–१ सेट अन्तरले हराउँदै उनले मोरङलाई राष्ट्रिय उपाधि दिलाउन सफल भएका हुन् ।

प्रशिक्षक बिकेन थापाका अनुसार यसअघि सोही इभेन्टमा मोरङलाई करण राईले कास्य र बोधित डिसीले रजत पदक दिलाईसकेका छन् । प्रतियोगितामा अन्डर १८ तर्फ जुनियर गर्ल्स सिङ्गल्स, जुनियर मेन्स सिङ्गल्स, लेडिज सिङ्गल्स, मेन्स सिङ्गल्स, लेडिज टीम इभेन्ट र मेन्स टीम इभेन्ट गरि कुल ६ इभेन्टमा २६ जिल्लाका झण्डै ३०० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको बाँकी सबै इभेन्टका फाइनल खेलहरु भने आईतबार सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्