विराटनगरको गोल्डेन अस्पतालमा कम तौलका जुम्लिया शिशुको सफल उपचार

विराटनगरको गोल्डेन अस्पतालमा कम तौलका जुम्लिया शिशुको सफल उपचार

विराटनगर । विराटनगरमा रहेको गोल्डेन अस्पतालले कम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको छ । हस्पिटलले ७ सय ग्राम र ९ सय ग्राम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको जनाएको छ ।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । सामान्यता दुई किलो भन्दा कम जन्मिएको बच्चा बचाउन गारो हुने गरेको चिकित्सवहरु बताउँछन् । तर, गोल्डेनले कार्यरत बालरोग बिषेशज्ञ डा. सतिस यादव सहितको चिकित्सकहरुको टोलीले कम तौल भएको बच्चाको सफल उपचार भएपछि आइतबार डिस्चार्ज भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका – ३ घर भएकी सीमा बस्नेत गोल्डने अस्पतालमा तीन साता अगाडी भर्ना भएका थिए । उनको २० मंसिरमा अस्पतालमा नर्मल डेलिभरी भयो । सीमाले ७ सय ग्राम र ९ सय ग्राम तौल भएको नवजात शिशुलाई जन्म दिइन् । २७ हप्तामा जन्म लिएका कम तौलम भएको ७ सय ग्रामको नवजात शिशुलाई पाँच दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि बचाउन सफल भएको डा. यादवले बताए ।
‘अहिलेसम्म मैले उपचार गर्दा यदि कम तौलको नवजात शिशु देखिएको थिइन् । यो नै पहिलो पटक हो,’ कम तौलम भएको नवजात बच्चालाई बचाउन निक्कै मुस्किल हुने गर्दछ । तर, हामीले जुम्लिया जन्मिएको बच्चाको सफल रूपमा उपचार गरेर बचाउन सफल भएका छौं । ’ अहिले नवजात शिशुको अवस्था राम्रो रहेको डा. यादवले बताए । ‘सुरूमा नवजात शिशुको श्वासप्रश्वासमा समस्या थियो,’ उपचारमा संलग्न डा. यादवले भने, ‘अहिले बच्चाको अवस्थामा धेरै राम्रो छ ।’ ७ सय ग्राम तौल भएको नवजात शिशुको तौलम ९ सय ग्रामभन्दा बढी पुगेको उनले बताए ।
‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गर्न लागेका हौं ।’ अहिले बालिकाले आमाको दुध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको डा. यादवले बताए । कम जन्म तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन चिकित्सकले बताए ।
सफल उपचारपछि नवजात शिशु अहिले ठिक भएको अस्पतालले उपचारमा अढाइ लाख रुपैयाँ छुट पनि दिएको छ । नवजात शिशुको हजुरआमा मीरा बस्नेतले सफल उपचार भएपछि नातिहरुले नयाँ जीवन पाएको बताइन् । नातीलाई नयाँ जीवन दिलाउन उपचारमा संलग्न चिकित्सक र अस्पतलालाई धन्यवाद व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्