युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जनाले पाए एमडिआरटी सदस्यता

युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जनाले पाए एमडिआरटी सदस्यता

विराटनगर । सन् २०२२ का लागि युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जना अभिकर्ता एमडिआरटी सदस्यता पाउन सफल भएका छन् ।

सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिने अवधिमा व्यावसायिक शर्त र लक्ष्य अनुसार उत्कृष्ट कार्य गरेको भन्दै उनीहरुले २०२२ का लागि एमडिआरटी सदस्यता पाएका हुन् । सबैभन्दा बढी व्यक्तिहरुलाई बिमा कम्पनीसँग जोडेर उनीहरुको बिमा गरिदिएको कार्यको उचित मुल्याङ्कन सहित अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्थाले उनीहरुलाई मिलियन डलर राउण्ड टेबलको सम्मान दिएको हो ।

एमडिआरटी उपाधि पाउनेमा रंगेली शाखामा बिमा अभिकर्ताको रुपमा कार्यरत प्रदिप कुमार मण्डल, रमेश मण्डल, दिनेश मण्डल, मन्जित कुमार मण्डल र वरुण मण्डल रहेका छन् । उनीहरुले युनियन लाईफ इन्स्योरेन्सको बिमा अभिकर्ताको रुपमा सफलतापुर्वक आफ्नो कार्यकुशलता प्रर्दशन गरेको भन्दै उनीहरुले सो सम्मान प्राप्त गरेका हुन् ।

विश्वभरिका ७२ राष्ट्रहरुको विश्वव्यापी संगठनको रुपमा रहेको एमडिआरटीले पहिलो चरणमा ३५ लाख रुपैयाँको प्रथम बिमा शुल्क आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी, १ करोड ५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्नेलाई सिओटी र २ करोड ९ लाख ९० हजार रुपैयाँ बिमा शुल्क आर्जन गर्नेलाई टिओटी उपाधि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्