सेन्सर सहितको ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा

सेन्सर सहितको ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा

विराटनगर । खानेपानीको टयाङ्की भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।

स्वदेशमै उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको सो उपकरण सोमबारदेखि बजारमा आएको हो । सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सो उपकरण सार्वजनिक गरिएको हो । विराटनगर–१६ मा रहेको सुवाल उद्योगले सो उपकरण उत्पादनगरि बजारमा ल्याएको हो । उक्त उपकरण खानेपानीको ट्याङकी खाली हुँदा स्वचालित रुपमा चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफै स्वतः बन्द हुने सेन्सर सहित निर्माण गरिएको सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए । उनले कोरियन प्रविधिको कन्ट्रोलरको उत्पादन सुवाल उद्योगले अब विराटनगरमै सुरु गरेको उनले जानकारी दिए ।

घर, होटल, विद्यालय र बैंक तथा वित्तीय संस्था लगायतमा राखिने खानेपानीको टयाङ्की भर्ने काम झन्झटिलो रहँदै आएकोमा यो प्रविधिको प्रयोगपछि सहज हुने र अनावश्यक रुपमा खेर जाने पानीको समेत बचत हुने अपेक्षा सहित उक्त उपकरण बजार भित्रयाईएको बताईएको छ । उद्योगले ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ को प्रदेश एकका लागि आधिकारीक विक्रेताको रुपमा विराटनगर–१० को इन्सट्यान्ट ट्रेड एण्ड मल्टी सर्भिस प्रा.लि.लाई तोकेको छ ।

उपकरणको बजार मुल्य भने ६ हजार ५ सय निर्धारण गरिएको छ । उपकरणमा १ बर्षको वारेन्टी र रिप्लेसमेन्ट ग्यारेन्टी समेत रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्